प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, भारतीय विदेश राज्यमन्त्रीद्वारा स्वागत

Photo - bhaskar
Photo - bhaskar

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

बुधबार मध्याह्न १३ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड २:५० मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन्।

नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालगायत विमानस्थलमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए।

प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रम तथा झाँकीसमेत प्रदर्शन गरिएको थियाे।

प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत गएका छन्।

प्रकाशित मिति: : 2023-05-31 15:17:00

प्रतिकृया दिनुहोस्