कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले मगरलाई सम्मान गरेका हुन्। सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेका विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताए। आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरे।

घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही हुन्। बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्। 
 

प्रकाशित मिति: : 2023-05-30 13:36:00

प्रतिकृया दिनुहोस्