सोसियल मिडियामा प्रयोग भएका फोटोहरु हेर्न नसकिने भए– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल सामाजिक सञ्जालको प्रयोगमा विकृति बढेकाेप्रति चिन्ता व्यक्त गरे। शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा प्रयोग हुने शब्द र तस्बिरहरु हेर्ने नसकिने खालको भएको भन्दै चिन्ता व्यक्ति गरे।

‘सोसियल मिडियामा एकखालको अराजकता हो कि भन्ने भान हुन्छ। त्यहाँ प्रयोग हुने भाषाशैली र कतिपय कुरा हामी हेर्न पनि सकिँदैन, सुन्न पनि सकिँदैन,’ प्रधानमन्त्रीले भने, ‘कयौँ समाचारहरु र कयौँ कुराहरु सत्य हुँदैनन्, कपोकल्पित हुन्छन्, त्यहाँ प्रयोग भएको भाषा धेरै तल्लोस्तरको र सुन्न नसकिने हुन्छ। त्यहाँ प्रयोग भएका फोटोहरु हेर्न नसकिने हुन्छन्।’

प्रधानमन्त्री दाहालले अन्य देशहरुले यो प्रक्रियालाई कसरी नियमन गरेका छन भन्ने विषयमा खोजी र अध्ययन गरेको पनि बताए।

‘हाम्रो जस्तो स्वतन्त्रता भन्ने कि अराजकता अन्त कहीँ पनि देखिनँ,’ उनले भने। उनले सोसियल मिडियालाई नियमन गर्नु पर्ने, भाषाशैली सभ्य बनाउनुपर्ने कुरामा जोड दिए। त्यसको लागि संदनबाटै सुरुवात गर्नु पर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2023-05-27 19:19:00

प्रतिकृया दिनुहोस्