‘स्प्रिङ सिजन’को आरोहण सुरु भएसँगै सगरमाथाको आधार शिविर (बेस क्याम्प) सयौँ आरोही र पर्यटकले भरिएको छ। यस वर्षको सगरमाथा आरोहण गत शनिबारबाट सुरु भएको हो। त्यसयता दर्जन बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि अहिलेसम्मकै उच्च ४ सय ६६ जनाले अनुमति लिएका छन्। त्यसैले सगरमाथा आधार शिविरमा चहलपहल बढ्दो छ।
तस्बिरहरु :