बालकृष्ण खाँण पक्राउ परेपछि देउवाले बोलाए आकस्मिक बैठक

नक्कली शरणार्थी प्रकरणमा आफ्ना नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन्। बैठक केहीबेरमा देउवा निवास धुम्बाराहीमा बस्दैछ।

बैठकमा शरणार्थी प्रकरण र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

नक्कली शरणार्थी प्रकरणमा खाँण बुधबार पक्राउ परेका छन् भने पार्टीका अन्य नेताहरु पनि संलग्न रहेको खुलासा भइरहेको छ।

शरणार्थी प्रकरणले राजनीतिक माहोल तताइरहेका बेला काँग्रेसले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन्। देउवाले भने याे बिचमा प्रधानमन्त्रीसँग निरन्तर सम्पर्क बढाइरहेका छन्।

प्रकाशित मिति: : 2023-05-10 17:32:00

प्रतिकृया दिनुहोस्