नक्कली शरणार्थी प्रकरणमा आरजुकाे टिप्पणी– जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्नेवाला छ

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा.आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य तथ्य बाहिर आउने बताएकी छ्न।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले आफू एक ठुला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताइन्।

उनले भनिन्, ‘म ठुलो नेताको श्रीमती, पार्टीभित्र श्रीमान्, श्रीमतीको कुरा हुन्छ। कसैको लागि लवी गर्दा कसैको चित्त दुख्छ होला, त्यसको पनि यो उपज हो र यो दुई, तीन दिन अगाडि बनाएको अडियो हो।’

सांसद देउवाले यस विषयलाई एकदमै नजिकबाट नियालेको पनि बताइन। ‘अब यो रियल कसरी हो र यो अडियोको सत्य, तथ्य बाहिर आउँला। जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ। यो सबै वाइयात कुरा हो। यसमा मेरो भन्नु केही छैन,’ डा. देउवाले भनिन्।

भुटानी शरणार्थीको प्रकरण  राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय मुद्दासमेत भएको उनको भनाइ छ। उनले भनिन, ‘मैले एकदम नजिकबाट नियालेको छु। यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो। जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ।’

केही ठुला दलको पनि नाम जोडिएको जिज्ञासामा उनले मानव बेचबिखनको विषय सबैभन्दा ठुलो अपराध भएकाले यो विषय लुकाउन नसकिने स्पष्ट पारिन।

‘आइ डण्ट थिङ् इट पोसिबल, किन यो इमिग्रेसन र ह्युमन ट्राफिकिङको क्राइम हो। यो क्राइम चाहिँ इन्टरनेशनल्ली सबभन्दा ड्रग बेच्ने र ह्युमन ट्राफिकिङ भनेको, एकदमै ठुलो क्राइम हो। नेपालले मात्रै यसलाई लुकाउँछु, कसलाई छुपाउँछु  भनेर हुन्छ जस्तो मलाई लाग्दैन’, उनले भनिन।

सांसद देउवाले यो सबैभन्दा ठुलो अपराधको विषय भएकाले लुकाउन नसकिँदै भन्दै प्रहरीले यसको अनुसन्धान गरिरहेकाले सबै सत्य, तथ्य बाहिर आउने जिकिर गरिन।

‘फेक न्युज जति पनि हुन्छ, त्यो अडियो पुलिसले पनि हेरिरहेको छ, कसले बनायो, कहिले बनायो भनेर। यो एउटा नेचुरल रूपमा पनि म हेर्छु। किनकि महिलालाई कुनै पनि क्षेत्रमा सजिलो छैन’, उनको भनाइ छ।

उनले यस सम्बन्धमा अडियो प्रकरणको झुटा समाचार पनि बाहिर आइरहेको भन्नहुँदैन प्रहरीले यसको अनुसन्धान गरिरहेको जानकारी दिईन। 

प्रकाशित मिति: : 2023-05-09 17:30:00

प्रतिकृया दिनुहोस्