संसदमा प्रेम सुवालकाे प्रश्न- प्रचण्ड, देउवा र ओलीको मिटिङ फिल्म देखाउन हो ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले तीन दलका शीर्ष नेताहरू भेटप्रति लक्षित गर्दै कटाक्ष गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक फिल्म देखाउनका लागि हो भन्दै प्रश्न गरे।

उनले भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि?’ 

प्रकाशित मिति: : 2023-05-09 12:39:00

प्रतिकृया दिनुहोस्