शरणार्थी प्रकरणबारे प्रचण्डले भने- यो ट्रेलर मात्र हो, सिङ्गै फिल्म देखिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन्।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै यो ट्रेलर मात्रै भएको र सिंगो फिलिम देख्न बाँकी रहेकाे बताए।

'केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिएँ। प्रक्रिया सुरु भएको छ। आज तपाईंहरूले देखिरहनुभएको छ। यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिङ्गै फिल्म देखिन्छ', उनले भने।

भ्रष्टाचारविरुद्ध कारबाही चाल्दा ठूला-ठूला धम्की आए पनि त्यसकाे सामना गरिने उनले बताए छ। 'भ्रष्टाचारका फाइल खोल्दा धेरै चिज हुनसक्छ। पक्कै पनि ठूल्ठूला घेराबन्दी होलान्, दबाब आउलान्, धम्की आउलान्, धेरै चिज हुनेवाला छ यसबीचमा । श्रमजीवी साथमा भए भने जतिसुकै ठूला घेराबन्दी पनि सामना गरिनेछ,' प्रधानमन्त्री प्रचण्डले भने।

प्रकाशित मिति: : 2023-05-06 15:58:00

प्रतिकृया दिनुहोस्