ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीबारे टिप्पणी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री जस्तो पदमा पुगिसकेको व्यक्तिलाई बाटैबाट पक्राउ गर्न खोज्नु रहस्यमय रहेको बताएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बाहिरिँदै गर्दा ओलीले पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै यस्ताे बताएका हुन्।
‘चार वर्षअगाडि चेक काटेको छ। त्यो पनि उसैसँग रहेको कुरा छ। एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ। भागेर जाने कुरा होइन।’
उनले शरणार्थी प्रकरणमा दोषीलाई बचाउन नहुने र निर्दोषीलाई फसाउन नहुने बताए। जिल्ला अदालत काठमाडौँले बुधबार पक्राउ पुर्जी जारी गरे पनि रायमाझी अहिलेसम्म पक्राउ परेका छैनन्।
देश द्रोही ज्यान माराहरुले यस्तो काम गर्यो भनेर आश्चर्य चकित छैन। म चाहिँ पैसाको लागि आफ्नै देश विरुद्ध आन्दोलन गर्ने सर्ब साधारण जनता मार्ने जस्को जग नै अपराधीक क्रियाकलाप बाट सुरु भएको छ त्यो चाहे प्रधानमन्त्री बनोस चाहे उपप्रधानमन्त्री बनोस चोर ले चोरी गर्न छोडदैन। दण्ड हिन नियम कानुन नभएको देशमा यो हुनु ठुलो कुरा हैन यिनिहरु पैसा पाओरको लागि जे पनि गर्न पछी पर्दैनन केपि ओलि कुन गाइको दुधले नुहाएरको मान्छे होर टोप बहादुर रायमाझीको बचाउ गर्न सिंह दर्बार नछिरोस झापामा भात खाइरहेको मान्छे मारेर १४ बर्ष जेल बसेको हो अहिले राजकाजको मुद्दामा १४ बर्ष जेल बसे भन्दै हिंड्ने गर्छ चोरले चोरकै बचाउ गर्छ नेपालमा नौलो मानिरहनु पर्दैन।