एमाले सांसद कोइरी निलम्बित

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) निलम्बित भएका छन्।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख देवराज घिमिरेले निलम्बनको निर्णय गरेकाे संघीय संसद सचिवालयले जनाएको छ।

४ मंसिरको चुनावमा महोत्तरी– १ बाट निर्वाचित कोइरी नेकपा (एमाले)का सांसद हुन्।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन विकको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन्। उनी फरार रहेकै अवस्थामा महोत्तरी– १ बाट ४ मंसिरको चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

निर्वाचित भएपछि दुई पटक मात्रै प्रतिनिधिसभा बैठकमा उपस्थित भएका काेइरीले केही दिनअघि संसद सचिवालयमा आफू बिरामी भएकाे पत्र पठाएका थिए।

प्रकाशित मिति: : 2023-05-02 18:05:00

प्रतिकृया दिनुहोस्