‘सिनो बहिष्कार आन्दोलनका नेता बलदेव रामले हामीलाई आफ्नो अधिकारका लागि बोल्न सिकाएका थिए,’ हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन खंग मण्डलले बलदेवलाई सम्झिए, ‘म उहाँले गर्ने सभा–भेलामा हिँड्थेँ ।’ बलदेव राम (२००७–२०७४) अस्ताएको पाँच वर्ष बितिसक्यो, उनी खासगरी मधेसी दलितका बीचमा घाम भएर उदाएका र चम्केका थिए ।
विशेषतः सिनो बहिष्कार आन्दोलनले उनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमै चिनायो । मधेसका दलित अगुवाहरू बलदेवलाई श्रद्धाका साथ सम्झन्छन् ।