सन्दीप लामिछानेकाे विश्व कीर्तिमानीमा खेलाडीहरुकाे ‘सेलिब्रेसन’

तस्बिर: साैजन्य: अविषेकराज सिंह

नेपाली राष्ट्रिय क्रिकेट टोली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई)मा सबैभन्दा छिटो १०० विकेट लिएर विश्व कीर्तिमान कायम गरेको खुसीलयाली नेपाल क्रिकेट संघ (क्यान)ले सेलिब्रेसन गरेका छ। क्यानले आज (सोमबार) केक काटेर सेलिब्रेट गरेको हो।

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत ओमानविरुद्वको खेलमा एक विकेट लिएसँगै सन्दीप ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बनेका थिए।

उनले अफगानस्तानका राशिद खानको रेकर्डलाई भंग गरेका हुन्।

प्रकाशित मिति: : 2023-04-24 14:01:00

प्रतिकृया दिनुहोस्