दशरथ रंगशालामा जारी नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेलका क्रममा नेपाली खेलाडीको खुट्टा भाँचिएको छ।
नेपालका जर्सी नम्बर १९ का खेलाडी आशिश राईको जर्सी नम्बर ३६ का चिनियाँ खेलाडी डेली मोरीको अट्याकले खुट्टा भाँचिएको हो।
राईलाई स्टेचरमा राखेर मैदान बाहिर निकालिएको छ। चिनियाँ खेलाडी पनि घाइते भएका छन्। उनी पनि मैदानबाट बाहिरिएका छन्।