मार्क्सवाद : निर्वाचनमा समाजवादको कालोबजारी

रातोपाटी

काठमाडौं

धेरै मानिसले स्वीकार गरेको, अङ्गीकार गरेको बृहत् जीवनशैली वा प्रणाली वाद हो । मार्क्स र उनका सहलेखक एङ्गेल्सद्वारा प्रतिपादित दर्शनशास्त्र, अर्थशास्त्र र समाजशास्त्रसम्बन्धी अवधारणा र यसअन्तर्गत रहेका द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गीय अधिनायकत्वको सिद्धान्तको कुल योगलाई समाजवाद वा मार्क्सवाद भनिन्छ । अर्थात मार्क्स र एङ्गेल्सका विचारहरूलाई स्वीकार वा अङ्गीकार गर्ने बृहत् जीवनशैली वा प्रणालीलाई मार्क्सवाद भनिन्छ । सारमा मार्क्सवादलाई यसरी बुझ्न सकिन्छ । 

द्वन्द्वात्मक भौतिकवाद 

जीवन र जगत्लाई द्वन्द्ववादी ढङ्गले बुझ्ने, व्याख्या गर्ने तथा परिवर्तनको लागि बाटो देखाउने दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । पदार्थमा रहेको द्वन्द्वात्मक गति वा प्रकृति नै वस्तुको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण हो भन्ने मान्यता राख्ने र विपरीत तत्त्वको बीचमा हुने एकता र सङ्घर्षलाई बुझ्ने वैज्ञानिक दृष्टिकोण नै द्वन्द्वात्मक भौतिकवाद हो । 

प्रकाशित मिति: : 2023-04-21 06:51:00

प्रतिकृया दिनुहोस्