बजेट अनुशासन वित्तीय स्थायित्वको आधार

 

बजेट कार्यान्वयन प्रभावकारी बनाउन समग्र्र वित्त अनुशासन कायम हुनुपर्छ । देशको राजस्व, खर्च र ऋण व्यवस्थापनको कार्य दिगो रूपमा सन्तुलित र व्यवस्थित गर्नुपर्छ । यसो हुन नसकेमा बजेट नियन्त्रणका उपाय अपनाउनु आवश्यक हुन्छ ।

नेपाल सरकारका लागि लक्षित योजना र कार्यक्रम सञ्चालन गर्ने प्रमुख माध्यम नै वार्षिक बजेट हो । बजेट आयव्यय प्रस्तुत गर्ने अंकका रूपमा देखिए पनि यथार्थमा यो देशको अर्थतन्त्र सञ्चालन र आर्थिक विकास गर्ने प्रमुख माध्यम हो । त्यसैले बजेट जति यथार्थ र वस्तुगत हुन सक्यो त्यति नै कार्यान्वयनयोग्य बन्छ । सरकारलाई उपलब्ध हुने साधन–स्रोतको मनासिब र स्वतन्त्र रूपमा विश्लेषण र मूल्यांकन गरी पुँजीगत लगानी अभिवृद्धि गर्न र साधनहरूको कुशल बाँडफाँट गर्न मार्गदर्शन गर्ने एक प्रमुख साधन हो बजेट ।

प्रकाशित मिति: : 2023-04-20 10:28:00

प्रतिकृया दिनुहोस्