बालकोट बैठक: प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी प्रधानमन्त्रीसहित प्रमुख तीन दलका नेताहरुको बैठक सकिएको छ।

सोमबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच छलफल भएको थियो।

बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा प्रधानमन्त्रीले पहल गरेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘लामो समयदेखि सर्वोच्च कामु प्रधानन्यायाधीको भरमा चलेको थाहै छ, त्यसैले नयाँ प्रधानन्यायाधीश नियुक्ती प्रक्रियाको लागि प्रधानमन्त्रीज्यूले पहल गर्नुभयो। यसमा प्रमुख प्रतिपक्षी दल एमाले पनि सहमत भएको जनाएको छ,’ बैठकबाट बाहिरिँदै गर्दा लेखकले भने।

त्यस्तै संवैधानिक परिषद्को बैठकको विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-17 12:08:00

प्रतिकृया दिनुहोस्