नेपाल आए भाजपा नेता चौथाइवाले, काठमाडौँमा उच्चस्तरीय भेटघाट गर्ने

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन्।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे। चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गरेर काठमाडौँमा उड्ने छन्। स्राेतका अनुसार उनले आजै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आइपुगेका हुन्।

प्रकाशित मिति: : 2023-04-17 08:06:00

प्रतिकृया दिनुहोस्