आठौँ पटक मन्त्रीमण्डल बिस्तार, साउद र चपाईं बने मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ पटक मन्त्रीमण्डल बिस्तार गरेका छन्।

नवनियुक्त परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री चन्दा चपाईंले पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन्।

उनीहरुलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहरण गराए। उनीहरुलाई प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीमा नियुक्त गरेका थिए।

परराष्ट्र मन्त्री साउद कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित काँग्रेस सांसद हुन्। उनी यसअघि सिँचाइ मन्त्रीसमेत बनेका थिए।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री चपाईं एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसअघि नै एकीकृत समाजवादीकै प्रकाश ज्वाला नियुक्त भएका छन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर तत्काल परराष्ट्र मन्त्री नियुक्त गरिएको हो।

प्रकाशित मिति: : 2023-04-16 16:33:00

प्रतिकृया दिनुहोस्