नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्।
कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री बनाउन लागिएकाे हाे। स्रोतका अनुसार साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको छ। भोलि दिउँसो ३ बजे साउदकाे शपथकाे तयारी गरिएकाे बताइएकाे छ।
६ वटा मन्त्रालय रिक्त रहे पनि साउदकाे नाम मात्रै बालुवाटारमा पठाइएकाे छ। सत्ता गठबन्धनको सहमतिअनुसार कांग्रेसकाे भागमा ८ वटा मन्त्रालय परेकाे भएपनि हाल कांग्रेसबाट ४ जना मात्रै सरकारमा सहभागी छन्।