कहिले पक्राउ पर्छन् आफ्नै विद्यार्थीलाई करणी गर्ने शिक्षक? 

दाङमा आफ्नै विद्यार्थीलाई करणी गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गर्न सेकेको छैन। 

शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माविमा अध्यापन गर्ने शिक्षक खुमानन्द पौडेलले करणी गरेको भन्दै एक १६ वर्षीया छात्राले प्रहरीमा जाहेरी दिएकी छिन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत कुमार केसीका अनुसार शिक्षक पौडेलले सोमबार राती ८ बजेतिर आफ्नै छात्रालाई जबरजस्ती करणी गरेका हुन्।

शिवशक्ति माविको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी १६ वर्षीया छात्रालाई काम छ भन्दै बाहिर बोलाएर जबरजस्ती करणी गरेको प्रहरी निरीक्षक केसीले बताए। 

ती छात्राले प्रहरीमा आफुलाई शिक्षकले करणी गरेको भन्दै मंगलबार प्रहरीमा जाहेरी दिएपनि प्रहरीले आजसम्म शिक्षकलाई पक्राउ गर्न सकेको छैन। 

प्रहरी निरीक्षक केसीले उनको खोजि कार्य भइरहेको बताए। अदालतमा मुद्धा दर्ता गरेर पक्राउ पुर्जी लिएर शक्षिक पौडेलको खोजी भइरहेको बिएल नेपाली सेवालाई जानकारी दिए।
 

प्रकाशित मिति: : 2023-04-06 13:36:00

प्रतिकृया दिनुहोस्