उद्यम- खेती
मध्यम- व्यापार
निराकार- जागिर।
‘याैटा सपनाकाे अवसान’ नाटक हेरेपछि प्रस्तुत वाक्यले मस्तिष्कमा हान्याे। मेराे भविष्यकाे चिन्ता गर्दै मलाई बाजेले बारम्बार उक्त वाक्य सुनाउनुहुथ्याे।
पृथ्वी गाेलाे छ। घुम्दै जाँदा एकदिन सबैकाे पालाे आउँछ भनेजस्ताे जीवनका हरेक उत्तरचढावहरुलाई याे नाटकले प्रष्ट पारेकाे छ। यति धेरै भनिराख्दा कथा वस्तु कस्ताे हाेला भन्ने साेचिरहनु भएकाे हाेला ? कति आफ्नै कुरा मात्र गर्छ भन्ने लाग्याे हाेला है। खयर केही छैन, धैर्य गर्नुहाेस्, नाटक याैटा सपनाकाे अवसान यसरी सुरु हुन्छ:
एउटा चाैतारीमा बाँसुरी बजाइरहेका गाइनेदाइ। त्यसैमा थकित राजकुमारलाई देखाइन्छ। एउटै सपनाका लागि हजाराैँ संघर्ष गरिरहेका व्यापारी वीरेन प्रताप हुन्। उनी याे नाटककाे प्रमुख पात्रसँगै दुई छाेराहरूकाे बाउ पनि, श्रीमतीकाे असल श्रीमान, समाजमा नाम चलेका प्रतिष्ठित व्यापारी पनि।
कति खुलदुली पारेकाे ? कथा कता छुट्याे ?
कति प्रश्न मात्र। धैर्य गर भनेकै थिएँ त। तपाईंहरू त के उकुसमुकुस भएकाे हाेला र ? मैले त झन याे नाटक हेरे प्रश्चात वयान गर्ने शब्द खाेज्दैछु। मेरा अनेकन शब्द याे नाटककाे तारिफमा कम पर्ने छन।
सेताम्मे कपाल फुलेका वीरेन प्रताप दुई वटै हातमा ब्रिफकेस समातेर बर्बराउँदै घरकाे आँगनीमा पुग्छन। यति व्याहाराले उनी अब बुढाे भए भन्ने देखाउँछ। घरभित्र प्रवेश गर्दै सुस्केराउँदै काेट झिक्छन्। एउटा कुर्सीमा बसेर जुता फुकाल्दै गर्दा ‘वीरेन वीरेन…’ भन्दै उस्तै सेताम्मे फुलेकी उनकी श्रीमती लिला आएर वीरेन प्रतापलाई सघाउँछिन्।
हाम्राे राजकुमारले आफ्ना कथा श्रीमती लिलालाई सुनाउँछन्- ‘आज पनि हजुरले गाडी ठाेक्नु भयाे ?’ लिला कराइन्।
जंगलकाे बाटाे, स्वच्छ हावाकाे अनुभव गर्न झ्याल खाेले, बाहिरकाे दृश्य हेर्दै कतिखेर निदाएछु थाहा नै भएन। वीरेन बुढीलाई सुनाउँदै हुन्छन्। एकछिन बाेली राेक्छन्, ‘सगुनले गाडी सफा गर्याे ?’ अँ ! सनुपका बुबा आज सनुप पनि आएकाे छ। सनुप र सगुन दुबै जना मिलेर बाथरूममा दारी काट्दा कम्ता खुसी लागेन सनुपका बुबा।
यस्तै संवादले दर्शकलाई मनाेरञ्जन दिइरहेका हुन्छन्। हाम्राे राजकुमारलाई जेठाे छाेरा सनुपले माया नै गर्दैन भन्ने भान परिरहेकाे छ तर लिला भने दुबै छाेराले असाध्यै माया गर्छन् भनेर भन्छ। उनीहरू सुत्न जान्छन्।
याे नाटक हाेइन। सम्पूर्ण टिमले यति धेरै मिहिनेत गरेकाे देखिन्छ। याे त कुनै क्युएफएक्समा हेरिरहेकाे उत्कृष्ट फिल्म हाे।
यति भनिरहँदा थिएटरसम्म पुग्नुपर्छ कि क्या हाे भन्ने लागेन ?
अझ अर्काे कुरा दुई भाइहरू जावन छन्। उनीहरूकाे बेडरूम पनि सँगै हाे, उनीहरूबीच हरेक कुरा चल्छ। उनीहरू कहिले पनि एकले अर्काकाे कुरा काट्दैनन्। मिलेर अघि बढ्ने याेजना बनाउँछन्। भाइले दाइलाई आफ्नै घरमा बसेर काम गराेस् भनेर फकाउँदै भन्छ- बुबाले तँलाई धेरै माया गर्नुहुन्छ दाइ।
फेरि कथा बालापनमा जान्छ। सुखी घरपरिवार, तन्नेरी हाम्राे राजकुमार, धपक्क बलेकी राजकुमारी, कुनै कुराकाे अभाव छैन। घर छ। गाडी छ। राम्राे व्यापार छ। पाखुरीमा दम छ। कमाउने जाेस् जागर पनि उतिकै छ। राजकुमारका दुई साना राजकुमार पनि छन्। राम्राे स्कुल, छाेराहरूका सबै मनाेकांक्षा पूरा गरिदिएका हुन्छन्। सबै कुरामा सम्पन्न। वयान गरी थाक्दिनँ र धेरै जान्दिनँ पनि। ह्या आफैं बुझ्नुन...
त्यति धेरै खुसी परिवार।
सनुपकाे बक्सर बन्ने सपना। सगुनकाे खेलाडी बन्ने सपना। सपना पूरा गरिदिने हाम्राे राजकुमार। राजकुमरी पनि त्यतिकै साथ दिन्छिन्। लाग्छ, राजकुमार राजकुमारी राेमियाे जुलेट र मुना-मदनभन्दा कम छैनन्।
अवसाेच ! बुढेसकालमा राजकुमार थाकिसकेका छन्। राजकुमारी पनि छाेराहरू र वीरेन प्रतापकाे चिन्ताले निकै बुढी भइसकिन्, छाेराहरूलाई खुसी पार्न। तेराे बुबा यस्ताे भद्र स्वभाव, अनुशासित, उच्च विचारधारका, निडर, बहादुर लिलाले भन्छिन्। फेरि यता वीरेनलाई खुसी पार्न छाेराहरूकाे उच्च तारिफ गर्छिन्। खुसी ल्याउन झुट पनि माफियाेग्य हुन्छ भन्ने ज्वलन्त उदाहरण हुन लिला।
उनलाई बनाउने भगवानले साँचाे नै फुटाइसकेका हाेलान्। हाेइन भने याे संसारमा यस्ता आँखामा राख्दा नबिझाउने मान्छेहरूकाे जाम हुने थियाे हाेला। कुरूप याे समाज श्रृंगारिन्थ्याे हाेला। सायद नराम्राे भन्ने शब्द नै उचारण गर्नुपर्ने थिएन हाेला।
फेरि के भन्दैछ ? कथा कता छुट्याे ? के यति मै सकिन्छ ?
है !.. ल ठिकै छ सुरू गराैं है त।
झुटै झुट बाेलेका छन्, हाम्राे राजकुमारकाे आय/ आर्जनकाे स्राेत बन्द हुँदैछ। यता छाेराहरू पनि लफाङ्गा छन। अब त राजकुमार पनि बुढाे भइसक्याे। पहिले पत्याउने, व्यापारीहरुले अहिले पत्याउदैनन्। राजकुमारी सधैं घरपरिवार खुसी भएकाे देख्न चाहन्छिन्।
के राजकुमारी उर्फ लिला खुसी हाेलिन् त ? के राजकुमार उर्फ वीरेन प्रताप आफ्ना छाेराकाे माया पाउलान् त ? छाेराहरू समाजकाे प्रतिष्ठित बन्लान त ? यस्ता प्रश्नकाे जवाफ तपाईंले भेट्ने हाे।
नाटक उत्कृष्ट बनेकाे छ तारिफ गर्न याे शब्दबाहेक केही छैन। सबै मैले तारिफ गरेर मात्र सक्दिनँ। अब केही तारिफ हजुरहरूले पनि गर्नु पर्याे। तर, त्यसकाे लागि वैशाख १० गतेभित्र थापागाउँस्थित मण्डला थिएटर जानै पर्ने हुन्छ।
मैले याे नाटक हेरिसक्दा दिन मिल्ने पाँचमा चार स्टार हाे अर्थात् याे नाटकले १०० मा ८० अंक पायाे।
अनि बाँकी २० अंक किन पाउन सकेन त ?
ल सुन्नुहाेस्...
याे कथा अथुर मिलरले ७५ वर्ष अगाडि लेखेका थिए। अब त्यति पहिलाे लेखिएकाे याे नाटकले अहिलेकाे नेपालकाे परिवेश झल्काउँछ भने हाम्रा लेखकले त्याे भन्दा उत्कृष्ट नाटक कहिले लेख्ने ?
यसले नाटक विधामा पुलित्जर पुरस्कार र सर्वाेत्कृष्ट टाेनी अवार्डसम्म पाएकाे रहेछ। याे अंग्रेजी नाटक ‘डेथ अफ अ सेल्सम्यान’काे नेपाली अनुवादन रहेछ। याे नाटक विप्लव प्रतीकले अनुवाद गरेका हुन भने अनुप बरालले निर्देशन गरेका रहेछन्।
समग्र टिमले यति धेरै मिहिनेत गरेकाे छ कि आलाेचना गर्ने ठाउँ नै राखेकाे छैनन्। यसमा अभिनय गर्ने हरेक पात्रहरूले र नेपाली भाषाले हामीलाई ३ घण्टा त, ३० मिनेट बसेजस्तै पनि लाग्ने छैन।
भिडियाे: