नेपाली कांग्रेसबाट चार जनाले मन्त्रीको शपथ लिने भएका छन्।
शेखर कोइराला पक्षले मन्त्री हुनेको नाम नदिएपछि सभापति शेरबहादुर देउवाले ४ जनाकाे मात्रै नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको हाे।
जसमा प्रकाशशरण महत अर्थमन्त्री, पूणबहादुर खड्का रक्षामन्त्री, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रीकाे शपथ लिने भएका छन्।
८ मन्त्रालय लिने निर्णय गरेकाे कांग्रेसले पार्टीभित्र भागवण्डा नमिलेपछि ४ जनाकाे मात्रै नाम प्रधानमन्त्रीसमक्ष पठाएकाे हाे।