लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बारा-२ मा नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएकाे छ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा-२ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाका एक सदस्यले बताए।
महतो गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सर्ला-२ बाट नेपाल समाजवादी पार्टी (नेसपा) का महेन्द्रराय यादवसँग पराजित भएका थिए।