माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरे कुशवाहा, बारा–२ बाट उपनिर्वाचन लड्ने

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन्।

बुधाबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन्। कुसवाहलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले स्वागत गरेका हुन्।

पार्टीमा स्वागत गर्दै अध्यक्ष राउतले वैशाखमा हुने उपनिर्वाचनमा बारा–२ का लागि उम्मेदवार बनाउने घोषणा गरेका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनेका उनी ३५४ मत अन्तरले जसपाका रामसहाय यादवसँग पराजित भएका थिए।

प्रकाशित मिति: : 2023-03-29 13:17:00

प्रतिकृया दिनुहोस्