मिटरव्याज पीडितहरूलाई भेटेर बाबुराम भट्टराईले भने– हामी साथमा छाैँ

१२ दिन हिँडेर काठमाडौँमा आएका मिटरव्याज पीडितलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भेटेका छन्।

आन्दोलनका क्रममा काठमाडौँको अनामनगरको धर्मशालामा रहेका मिटरव्याज पीडितहरुलाई डा. भट्टराईले बुधबार बिहान भेटेर आन्दोलनमा साथ दिने वाचा गरेका हुन्।

‘तपाईंहरुको माग र आन्दोलन जायज छ, तपाईंहरु आगडि बढ्नुहोस्, यसमा हाम्रो समर्थन छ,’ धर्मशाला पुगेका डा. भट्टराईले भने।

मिटरव्याज साहुहरुले उठिबास लगाएको भन्दै मिटरव्याज पीडितहरु महोत्तरीको बर्दिवासबाट १२ दिन हिँडेर सोमबार काठमाडौँ आएर न्याय लागि आन्दोलन गरिरहेका छन।

प्रकाशित मिति: : 2023-03-29 12:47:00

प्रतिकृया दिनुहोस्