बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नका लागि तीन दिनदेखि कोशिस गरिरहेका छन्। तर प्रधानमन्त्री अन्य कार्यक्रममा व्यस्त हुँदा भेट्ने समय नपाएको रास्वपाका नेताहरूले गुनासो गरेका छन्।
मन्त्रिपरिषद् विस्तारपूर्व पूर्वगृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सरकारमा सहभागी हुने–नहुने र राहदानी मुद्दाकाे किनारा लगाउने विषयमा भेटेर कुराकानी गर्न खाेजेकाे बताइएकाे छ।
गृह मन्त्रालय पाएपछि सरकारमा जान सक्ने अभिव्यक्ति दिइरहेका रास्वपा पदाधिकारीहरूले अन्य मन्त्रालय पाउँदा पनि गठबन्धन सरकारमा सामेल हुनुपर्ने मत राखेका छन्।
आफूहरूको दाबी गृह मन्त्रालय नै भएको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनाएका छन्। सभापति लामिछानेले केही दिनदेखि प्रचण्डलाई भेट्न खोजिरहेको बालुवाटारनिकट स्रोतले जनाएको छ।
प्रधानमन्त्रीका कानूनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता डा .दिनमणी पोखरेलकाे कार्यालयमा लामिछानेकाे राहदानी मुद्दाको फाइल रहेकाे छ। उक्त मुद्दा सुल्झाउन पनि लामिछानेले प्रचण्डसँग भेट्न खाेजिरहेकाे बुझिएकाे छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया