नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेशको अध्यक्षमा देवेश्वर गिरी

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेशकाे अध्यक्षमा देवेश्वर गिरी चयन भएका छन्।

कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको सुर्खेतमा शनिबार भएको प्रदेश स्तरीय दोस्रो अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

यसैगरी शनिबार सम्पन्न संगठनको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ।

जसअनुसार उपाध्यक्षमा जमान सिहं परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम केसी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम विक रहेका छन्

प्रकाशित मिति: : 2023-03-28 10:53:00

प्रतिकृया दिनुहोस्