कर्मचारीकै मिलेमतोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बतीलाई नागरिकता

कर्मचारीकै मिलेमतोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने गरेको तथ्य खुलेको छ। यस्तो गिरोहमा संलग्न चारजना पक्राउ परेपछि यो तथ्य बाहिरिएको हो । 

प्रहरीका अनुसार यो गिरोहले अहिलेसम्म पाँच सयभन्दा धेरै तिब्बती नागरिकको नेपाली नागरिकता बनाइसकेको छ। जसमध्ये ३० वटा शंकास्पद नागरिकतामाथि अनुसन्धान भइरहेको छ।

सबै नागरिकता नक्कली कागजात खडा गरी बनाइदिने गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

प्रकाशित मिति: : 2023-03-28 09:20:00

प्रतिकृया दिनुहोस्