राप्रपाले बोलायाे पार्टी पदाधिकारी बैठक, उपनिर्वाचनबारे छलफल हुने

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ।

आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: : 2023-03-27 12:19:00

प्रतिकृया दिनुहोस्