रास्वपाले उपनिर्वाचनमा गठबन्धन नगर्ने

वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गठबन्धन नगर्ने निर्णय गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो।

वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2023-03-24 17:36:00

प्रतिकृया दिनुहोस्