सबैभन्दा बढी जनसंख्या काठमाडाैँमा, कम मनाङमा

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिएको छ।

काठमाडाैँकाे सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।

नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ। काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ।

त्यस्तै सबैभन्दा कम भने मनाङ जिल्लाको जनसंख्या रहेको छ। मनाङ जिल्लामा ५,६५८ जनाको बसोबास रहेको छ।

प्रकाशित मिति: : 2023-03-24 11:57:00

प्रतिकृया दिनुहोस्