आइजीपीबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ।

आइजीपी नियुक्तिबारे निर्णय लिन आज (शुक्रबार) अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो। आइजीपीकाे लागि वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2023-03-24 09:16:00

प्रतिकृया दिनुहोस्