न्यूरोडबाट स्रोत नखुलेको १२ लाख रकम सहित दुई जना पक्राउ, अवैध गतिविधि रोक्न विषेश टोली परिचालन 

काठमाडौंको न्यूरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ परेकाे छ। 

महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित एक जना पक्राउ परेकाे हाे। 

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय सञ्जय खनाल रहेका छन्। खनाललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका खनालका बारेमा अनुसन्धान जारी रहेको र अनुुसन्धानपछि राजश्व अनुुसन्धान विभागमा आवश्यक कारवाहीका लागी पठाइने प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालले बताए। 

प्रहरीले न्यूरोड क्षेत्रमा हुने अवैध हुन्डीको कारोबार, अवैध सुनको कारोवार तथा चोरी डकैतीका घटना नियन्त्रण गर्न विषेश रुपमा खटिएको छ।

भारत कोलकता घर भइ हाल काठमाडाैं–१८ किलागल बस्ने ३१ वर्षका आसलम सेख निजको साथबाट सुनको ढिका १ थान (११७.१७ गाम्र) लेडिज औठी १ थान (५.२७ गाम्र)  पक्राउ गरिएकाे छ। 
 

प्रकाशित मिति: : 2023-03-23 15:21:00

प्रतिकृया दिनुहोस्