प्रधानमन्त्री डराउनुपर्ने बेला भएकाे छ: गगन थापा

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब जनताकाे लागि भए पनि प्रधानमन्त्री डराउनुपर्ने बेला भएकाे टिप्पणी गरेका छन्।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनतालाई डरबाट मुक्त गराउन पनि प्रधानमन्त्री डराउनुपर्ने बेला भएकाे बताएका हुन्।

‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक-पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ,’ उनले भने,‘दिनमा कम्तीमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्। म सँग भएको एक-एक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस्। कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ। प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ।’

मंगलबार प्रधानमन्त्री दाहाल ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। उक्त घटनालाई संकेत गर्दै थापाले साे टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: : 2023-03-23 12:10:00

प्रतिकृया दिनुहोस्