नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ बनेको गठनबन्धन सरकार पाँच वर्ष चल्ने बताएका छन्।
प्रतिनिधिसभाको साेमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बाेल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
नयाँ गठबन्धनको सरकार ढल्ने सम्भावना नरहेको बताए। ‘यहाँ कुरा पनि सुनियो। दुई महिनामा नै दुई पटक विश्वासको मत लिनुपर्यो। फेरि वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था पनि आउन सक्छ भनियो,’ नेपालले भने, ‘यो सरकार अब पाँच वर्ष जान्छ। यही सरकारले राजनीतिक स्थायित्व, देशको समस्या समस्या समाधान गर्न गर्छ।’
नेपालले आफूले सरकार चलाउँदा २२ वटा पार्टीलाई मिलाएर २१ महिना सरकार चलाएको स्मरण गर्दै अहिलेका गठबन्धनमा रहेका पार्टीहरु राजनीतिक स्थायीत्व चाहाने पार्टी रहेको बताए।