प्रचण्डप्रति लिङ्देनको कटाक्ष: हाइड्रोजन गाडी दियौं, पुरानै गाडी चलाउँछु भनेर हाम फालेपछि के गर्नु ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धेरै गाडी फेरिरहने ड्राइभर भएकाे टिप्पणी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा बाेल्दै अध्यक्ष लिङ्देनले यस्ताे टिप्पणी गरेका हुन्।

‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ। गाडी फेरिराख्ने ड्राइभरले मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईंहरुको चढ्छु, हाँक्छु, मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि ड्राइभर हामफालेर तैट म त पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने?’, उनले प्रश्न गरे।

लिङ्देनले राप्रपासँग गाडी पनि भएको, लाइसेन्स पनि भएको तर सिट नै नभएको बताए।

प्रकाशित मिति: : 2023-03-20 15:35:00

प्रतिकृया दिनुहोस्