शान्ति प्रकृयाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ: देउवा (पूर्णपाठसहित) 

कांग्रेस सभापति शेरबहादुर देउवाले शान्ति प्रकृयाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै पूर्व प्रधानमन्त्रीसमेत रहेकाे देउवाले यस्ताे बताएका हुन्।

संक्रमणकालीन न्यायकाे विषयलाई सम्बाेधन गर्न कानुन संशाेधनकाे प्रक्रिया अगाडि बढेकाे बताउँदै उनले यसलाई संघीय संसदमा रहेका सबैले आपसी सहमतिका साथ निष्कर्षमा पुर्याउनुपर्ने बताए।

प्रकाशित मिति: : 2023-03-20 14:36:00

प्रतिकृया दिनुहोस्