प्रधानमन्त्रीलाई एमालेकाे प्रश्न: यति गर्नु थियो भने पुस १० मा किन हाम्रो साथ खोजेको ?

नेकपा (एमाले)का उपध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यदि पुरानै गठबन्धनमा फर्किनु पर्ने थियो भने पुस १० मा किन एमालेको साथ खोजेको भन्दै प्रश्न गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले सो प्रश्न गरेका हुन्।

‘तपाईंलाई के त्यस्तो कारण पर्‍यो ? जुन कारणले गर्दा तपाईं त्यो सहयात्राबाट आजा यो सहयात्रामा फर्किनु भएको छ,’ नेता पौडेलले भने, ‘यदि तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाईं त्यस प्रकारको सहमतिमा किन पुग्नु भयो ?’

उनले यो प्रश्नको जवाफ आज प्रधानमन्त्रीले नदिए पनि इतिहासले निरन्तर प्रश्न सोधिरहने बताए। उनले कुनै एउटा बिन्दूमा पुगेर प्रचण्डले यो जवाफ दिनै पर्ने दाबी गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यद्वपि, अहिले प्रचण्डले एमालेसँगको गठबन्धन त्यागेर नयाँ गठबन्धन निर्माण गरिसकेको छ।

त्यस्तै एमालेले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका प्रचण्डलाई विश्वाको मत नदिने घोषणा गरेको छ।

प्रकाशित मिति: : 2023-03-20 14:40:00

प्रतिकृया दिनुहोस्