कांग्रेस संसदीय दलको बैठक बस्दै

File Photo
File Photo

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ।

यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रकाशित मिति: : 2023-03-19 08:11:00

प्रतिकृया दिनुहोस्