मध्यपश्चिम विश्वविद्यालयमा स्थगित भएकाे स्ववियु निर्वाचन पुन: हुँदै

मध्यपश्चिम विश्वविद्यालयमा स्थागित भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन पुन: हुने भएकाे छ। चैत ३ गतेलाई ताेकिएकाे निर्वाचन पुन: चैत ५ गते गरिने भएकाे हाे।

यसअघि स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुलाई मतदान गर्ने अधिकार नदिएपछि अदालतमा मुद्दा परेकाे थियाे। साेहीअनुसार अदालतले केन्द्रीय क्याम्पसमा चुनाव स्थगित गर्न आदेश दिएकाे थियाे।

चैत्र २ गते बसेको कार्यकारी परिषद्को निर्णयले सबै क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएकाे थियाे।

तर, चैत ३ गतेकाे बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेक अन्य सम्पूर्ण आंगिक क्याम्पसहरुमा चैत्र ५ गते पुनः निर्वाचन गर्ने भएकाे रजिष्टार प्रा. डा. नारायण प्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-18 16:31:00

प्रतिकृया दिनुहोस्