सैनिक कलेजमा पोशाकलाई लिएर विवाद : तीन दिनदेखि पठनपाठन अवरुद्ध

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस तेस्रो, चौथो र अन्तिम वर्षको पठनपाठन तीन दिनदेखि अवरुद्ध भएको छ।

डा. अरुण न्यौपाने प्रिन्सिपल हुँदा स्क्रब लगाएर क्लीनिकल वर्षहरुमा पढाइ गर्न दिएको संस्थानले अहिले पोशाकमा आउन नियम बनाएपछि र प्रशासन र विद्यार्थीबीच असमझदारी हुँदा पढाइ रोक्किएको हो। 

विद्यार्थीले प्रशासनसमक्ष पोशाक लगाएर आउने निर्णय फिर्ता लिन अनुरोध गरिरहेका छन् भने संस्थानले प्राध्यापकहरुलाई विद्यार्थी पोशाकमा नआउञ्जेल नपढाउन निर्देशन दिएका छन्।  

प्रकाशित मिति: : 2023-03-17 19:36:00

प्रतिकृया दिनुहोस्