प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासकाे मतकाे लागि छलफलमा जुटेका हुन्।
दाहालले शुक्रबार उपराष्ट्रपतिकाे निर्वाचनमा मत दिएलगत्तै नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री दाहालले चैत ६ गतेकाे प्रतिनिधिसभा बैठकबाट विश्वासकाे मत लिने तयारी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए। राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।