आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

Symbolic photo
Symbolic photo

​आफ्नै श्रीमती ५३ वर्षीया देवी महतको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

​घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरेर हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-03-17 13:26:00

प्रतिकृया दिनुहोस्