उपराष्ट्रपति निर्वाचन: किरिया बसेका प्रदेश सांसदले गरे मतदान

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन्। गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा काठमाडाैँ आएर मतदान गरेका हुन्। उनी आजै दिउँसो पोखरा फर्कँदै छन्।

उनले भने, 'संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ।'

प्रकाशित मिति: : 2023-03-17 11:13:00

प्रतिकृया दिनुहोस्