प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनपछि विश्वासको लिन लागेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए।

उनका अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। औचारिक निर्णय भने नभएकाे गजुरेलले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए। राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

सरकारमा सहभागी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रसा सरकारबाट बाहिरिएपछि १७ मन्त्रालयकाे जिम्मेवारी प्रचण्डले सम्हालेका छन्।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएको थिए।

प्रकाशित मिति: : 2023-03-15 14:03:00

प्रतिकृया दिनुहोस्