सामुदायिक विद्यालयमा बेथिति: कक्षा कोठाभन्दा हाजिरी पुस्तिकामा दोब्बर विद्यार्थी !

लोकान्तर

उत्तम पोखरेल

सरकारले सामुदायिक विद्यालयमा लगानी बढाइरहेको भए पनि पढाइ गुणस्तर बढ्न नसक्दा विद्यार्थीको संख्या घटिरहेको छ । यसका उदाहरण हुन्, मोरङको विराटनगर महानगरपालिका–१२ मा २ विद्यालय ।

विद्यालयको कक्षामा उपस्थित हुने विद्यार्थीभन्दा हाजिरी पुस्तिकामा दोब्बर विद्यार्थी हुने गरेका छन् ।

जनता बाल कल्याण आधारभूत विद्यालय र बखरी आधारभूत विद्यालयमा हाजिरीमा देखाइएकोभन्दा आधा मात्रै विद्यार्थी विद्यालय आउने गरेका छन् । ५ कक्षासम्म पढाइ हुने जनतामा १०० भन्दा बढी विद्यार्थी हाजिरी पुस्तिकामा छन् भने त्यहाँ दैनिक ४०–५० जना विद्यार्थी मात्रै पढ्न आउने गरेका छन् । ८ कक्षासम्म पढाइ हुने बखरीमा २०० भन्दा बढी विद्यार्थी नयाँ शैक्षिक सत्रमा भर्ना भएका छन् तर त्यो विद्यालयमा १०० विद्यार्थी पनि पढ्न आउँदैनन् ।

प्रकाशित मिति: : 2023-03-15 11:52:00

प्रतिकृया दिनुहोस्