संकटमा सबै सिंहहरु एक ठाउँमा उभिनुपर्छ: आहुती (भिडियाेसहित)

वैज्ञानिक समाजावदी पार्टी नेपालका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता हुनु देशलाई संकटतिर लैजानु भएकोले सबै माओवादी घटकहरु एकजुट हुनुपर्ने बताएका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित माओवादी घटकहरुको पत्रकार सम्मेलनमा बोल्दै आहुतीले संकटमा सबै सिंहहरु एकजुट हुनुपर्ने बताए।

‘सिंहहरु जहाँ–जहाँ अल्मलिए पनि संकट परेको बेलामा सिंहहरु एकै ठाउँमा उभिनुपर्छ अरु कुनै विकल्प छैन। यो अदालतलाई हार/गुहार गर्ने विषय होइन, यो व्यवस्थाले ल्याएको  परिवर्तनलाई प्रतिगमनतिर लैजान खोजिएको संकट हो,’ उनले भने,‘यो कुनै एक जना पार्टीको नेताको विषय होइन, एक जना कार्यकर्ता कुनै जेल जाने विषय होइन, यो जनयुद्ध, जनआन्दोलन, मधेश युद्धलगायत जति पनि नेपालीले रगत बगाएर ल्याएको परिवर्तनलाई एक–एक गर्दै उल्ट्याउने दिशातिरको कदम हो।’

उनले द्वन्द्वकालीन मुद्दालाई सर्वाेच्च अदालतमा लैजानु पूर्व माओवादीसँग सम्बन्धीत घटकहरु मात्रै नभएर नेपालका सबै सच्चा लोकतन्त्रवादीहरु परिवर्तनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने विषय रहेकाे बताए।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-12 15:00:00

प्रतिकृया दिनुहोस्