उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

सत्तारूढ गठबन्धनका उपराष्ट्रपति पदका आधिकारिक उम्मेदवार जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले आइतबार यादवको उम्मेदवारी खारेज गर्न नपर्ने निर्णय गरेको हो।

नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले राष्ट्रपतिमा पुरूष विजयी भइसकेकोले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने दलील गर्दै यादवको उम्मेदवारी खारेज हुनुपर्ने दलील गरेका थिए।

तर, नेपालको संविधान २०७२ को धारा ७० मा फरक लिङ्ग वा समुदाय भनेकाले फरक समुदायका यादवको उम्मेदवारी कायम भएको हो।

अब जनता समाजवादी पार्टीकै उपराष्ट्रपतिकी डमी उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिनेछिन्। यसपछि जनमत पार्टीकी ममता झाले पनि उम्मेदवारी फिर्ता लिएर यादवलाई सत्तारूढ गठबन्धनको साझा उम्मेदवार बनाउन सहयोग गर्न सक्नेछिन्।

यस्तो अवस्थामा एमालेकी शाक्य र सत्ता गठबन्धनका यादवबीच नाम मात्रको प्रतिस्पर्धी भई यादव विजयी हुने सुनिश्चित छ। 

प्रकाशित मिति: : 2023-03-12 12:18:00

प्रतिकृया दिनुहोस्