कप्तान रोहित पौडेलको सुझबुझ पारिले नेपाल सम्मानजनक स्थितिमा पुगेको छ। ३५ ओभर खेलिरहेको नेपालले ४ विकेट गुमाएर १५० रन बनाएको छ ।
कप्तान पौडेल १०४ बलको सामना गरी ६९ रनमा खेलिरहेका छन् भने उनलाई अर्को छेउबाट आरिफ सेखले साथ दिइरहेका छन् । सेखले ३७ बलको सामना गर्दै ३२ रन बनाएका छन् ।
कप्तान रोहितले जीवनको आठौ अर्धसतक बनाएपछि उनी एक दिवशीय क्रिकेटमा नेपालकै सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडी पनि भएका छन् ।
यसअघि २९ रन बनाएर भीम सार्की पेभेलियन फर्कदा नेपालको ७६ रन थियो । त्यसपछि पौडेल र शेखले ६३ रनको महत्वपूर्ण साझेदारी गरेका छन् ।
यी दुई ब्याट्सम्यानले कम्तीमा ४० ओमरसम्म खेले भने नेपालले २०० रनभन्दा बढीको सम्मानजनक स्कोर बनाउँछ । त्यस्तो अवस्थामा राम्रै बलिङ गरिरहृेको नेपालले यो खेल जित्न सक्ने सम्भावना रहन्छ ।
पावरप्लेमै ३ महत्वपूर्ण विकेट गुमाएर दबाबमा परेको नेपालका ओपनिङ ब्याट्सम्यान आशिफ सेख शून्यमा बोल्ड आउट भएका थिए। यसैगरी अर्का ओपनर कुशल भुर्तेल पनि ८ रन बनाएर आउट भए भने
कुशल मल्ल आठौं ओभरको पहिलो बलमा ९ रनमा आउट भएका थिए ।