राष्ट्रपतिका उम्मेदवार पौडेल भन्छन्- मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ

File Photo
File Photo

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताए।

नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका पौडेलले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गरेका हुन्।

उनले भने, 'सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ। उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ।'

प्रकाशित मिति: : 2023-03-09 12:03:00

प्रतिकृया दिनुहोस्